देशव्यापी चासो र निर्माणको आधार बन्दै पोडवे, शहरी विकास,भौतिक मन्त्रालय र कर्णाली प्रदेश पछि पोखरा महानगरले पनि गर्ने भयो अध्ययन र निर्माण

 पोडवे     २०८१, ११ असार सोमबार ०८:४९     188 जनाले पढ़िसके



Spread the love

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पोखरामा पोडवे यातायातको अध्ययन गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा पोडवे सञ्चालनको अध्ययन गरिने बताए ।

“पोखरा महानगरपालिका क्षेत्रभित्र उपयुक्त रुटमा पोडवे सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदनको आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ,” मेयर आचार्यले भने ।

यसै गरि यसै आर्थिक वर्षको बजेटमा भौतिक पुर्वाधार तथा निर्माण मन्त्रालयले गोरखा क्षेत्रमा र शहरी विकास मन्त्रालयले काठमाण्डौ नदी करिडोरमा अध्ययन र निर्माण गर्ने भन्दै संघिय सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तव्यमा अर्थमन्त्री बर्षमान पुनले घोषणा गरिसकेका छन। यसै गरि कर्णाली प्रदेश सरकारले पनि आफ्नो ८१/८२ को बजेटमा पोडवेको अध्ययन र निर्माणलाई सम्बोधन गरेको छ।

यससँगै पोडवे प्रविधिमा देशव्यापी चासो बढ्दै गएको छ भने सामाजिक संजालमा देश विदेशमा बस्ने नेपालीहरुले आफ्नो समेत लगानी सहभागितामा निर्माण गर्नुपर्ने आवाज व्यक्त गरिरहेको देख्न सकिन्छ। यस्तै पुर्वाधार विज्ञहरुले पनि विभिन्न संचार माध्यममा यस किसिमको प्रविधिको सम्भावनाको बारे अध्ययन गर्न ढिला गर्न नहुने आवाज उठाइरहेका बेला यसरी संंघिय सरकार,प्रदेेेश सरकार र स्थानीय सरकारले आगामी बजेटमा आंउदा आफुहरु उत्साहित साथै जिम्मेवारीबोध झनै बढेको काठमांडौ पोडवेका उपाध्यक्ष निल भट्टराईले बताए।