आठ देशका लागि राजदूत सिफारिश

 सरकार     २०८१, ९ असार शनिबार १४:१९     76 जनाले पढ़िसके



Spread the love

सरकारले आठ देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आठ देशका लागि राजदूत नियुक्ति गर्न सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा स‌सदीय मामिलामन्त्री पदम गिरीले बताए। मन्त्री गिरीका अनुसार, भारतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरेलाई राजदूतमा सिफारिश गरिएको छ।

त्यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेशियाका लागि नेत्रप्रसाद तिमल्सेना र साउदी अबरका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिश गरिएको छ।

यसअघिको सरकारले पठाएका ११ राजदूतलाई फिर्ता बोलाइएको थियो। उनीहरूको स्थानमा नयाँ राजदूत पठाउने सत्तारुढ दलबीच सहमति भएको थियो।

त्यसका आधारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को भागमा परेका राजदूत नियुक्तिका लागि सिफारिश गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा परेका राजदूत नियुक्तिका लागि सिफारिश गर्न बाँकी छ।

सरकारले गरेको सिफारिशका आधारमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ। त्यसअघि सिफारिश गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइ हुनेछ।