प्रतिनिधिसभा बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने

 संवाददाता    ६ असार २०८१, बुधबार ०८:५०     23 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्नेछन् ।

बैठकमा सांसदहरु पुष्पबहादुर शाह, प्रेम सुवाल, अमरेशकुमार सिंह र ध्रुवकुमार सिंहले विभिन्न मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सांसदहरुको खर्च कटौतीको प्रस्तावपश्चात् आजदेखि मन्त्रीहरुले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

आज ८ जना मन्त्रीले बजेटमाथि उठेका प्रश्नमा जवाफ दिनेछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर शाह सुडी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसादय अर्यालले जवाफ दिनेछन् र

यसैगरी सहरी विकास मन्त्री धनबहादुर बुढा, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।