झापामा २ नाबालक छोरा र आमा घरभित्रै मृत फेला, श्रीमान वैदेशिक रोजगारीमा

 आत्महत्या     १ असार २०८१, शुक्रबार १५:२९     49 जनाले पढ़िसके



Spread the love

झापा– झापाको शिवसताक्षी नगरपालिका-३ भोटेपुलमा एकै घरका तीन जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय २५ वर्षीया अञ्जली बेस्रा र उनका २ छोरा ९ वर्षीय विशाल बेस्रा र साढे २ वर्षीय आयुष छन्।

अञ्जली घरभित्रै झुन्डिएको अवस्थामा फेला परेकी हुन्। उनले २ छोरालाई विष खुवाएर हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय झिलभिलेका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको र मृतक महिलाका श्रीमान सुजन बेस्रा वैदेशिक रोजगारीका लागि कतारमा रहेका खुलेको छ।