ताप्लेजुङमा पहिरोमा परी चारजनाको मृत्यु

 बाढी पहिरो     १ असार २०८१, शुक्रबार ०८:४७     43 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए ।

गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फोटो : फाइल