कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

 कर्णाली प्रदेश     २७ जेष्ठ २०८१, आईतवार ०९:४७     18 जनाले पढ़िसके



Spread the love

कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले जेठ २३ गते बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरिन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कँडेलले नीति र कार्यक्रममा रहेको शीर्षक अनुसार बजेट आउने बताए । उनले अघिल्ला सरकारले ल्याएका राम्रा योजनालाई निरन्तरता दिएको बताए ।