मधेसका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. बिरेन्द्र प्रसाद सिंहद्दारा आरोग्य सेवा केन्द्र तथा स्वास्थ्य चौकी भवन शिलन्याश

 बिरेन्द्र प्रसद सिंह     २०८१, २३ जेष्ठ बुधबार १४:५६     307 जनाले पढ़िसके



Spread the love

” मधेस प्रदेशमा मेरो स्वास्थ्य मेरो जिम्मेवारी “अभियान कार्यक्रम अन्तर्गत पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले १ बर्षको कार्यकालमा,आयुर्वेद क्षेत्रमा खास गरेर मधेस को ८ जिल्लामा ५६ ओटा नागरिक आरोग्य केन्द्र(आयुर्वेद औषधालय) को स्थापना,संचालन तथा कार्यान्वयन गरेका थिए ।

सोहि अनुरुप उनले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वार्ड ९ सिमरदहि मा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका छन साथै सिमरदही स्वास्थ्य चौकी भवनको शिलान्यास समेत गरेका छन । कार्यक्रम मा मटिहानी नगर का प्रमुख एवं उपप्रमुख लगायत जनसमुदायको उपस्थिति रहेको नेपाली कांग्रेस मधेस प्रदेश सुचना तथा संचार विभाग सचिव निकेश त्रिपाठीले बताए।

उनी मधेश प्रदेशको स्वास्थ्यमन्त्री हुँदा विभिन्न सरकारी अस्पतालमा छड्के अनुगमन तथा स्वास्थ्य संस्था उपकरण थप्ने तथा नागरिकलाई सहज सरकारी स्वास्थ्य संस्थामा पहुंच पुर्याउन अहोरात्र खटिएका मन्त्रीको रुपमा चर्चित थिए।