सर्वाेच्चले उल्ट्यायो गृहमन्त्रीको निर्देशन, मापसे गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयनमा रोक

 सर्वोच्च अदालत     २० जेष्ठ २०८१, आईतवार १७:५९     18 जनाले पढ़िसके



Spread the love

काठमाडौंः सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

कानुनका विद्यार्थी कृष्ण विक सहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ सहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेपछि त्यसविरुद्ध शुक्रबार रिट दर्ता भएको थियो।

गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै परेको  रिट परेको थियो।