सुर्खेतमा जिप दुर्घटना हुँदा चार ४ जनाको निधन

 #दुर्घटना     १७ जेष्ठ २०८१, बिहीबार ०८:१३     13 जनाले पढ़िसके



Spread the love

काठमाडौं- सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरी मोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो। मृतकहरूको पहिचान नखुलेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र-९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।