हेलिकप्टर मार्फत आइपुगे सिरोहिया काठमाडौं

 कैलाश सिरोहिया     २०८१, १५ जेष्ठ मंगलवार १६:००     76 जनाले पढ़िसके



Spread the love

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ।

मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।

जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको हो।

उनलाई सिधै मेडिसिटी अस्पतालमा पुर्‍याएर भर्ना हुने उनका कानुन व्यवसायी किशोर पौडेलले जानकारी दिए।

धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन हिजो आदेश दिएको थियो ।