संसदीय छानबिन समितिको कार्यादेश तय, चारबुँदे सहमतिमा हस्ताक्षर

 संवाददाता    २०८१, १५ जेष्ठ मंगलवार १५:१९     89 जनाले पढ़िसके



Spread the love

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले चारबुँदे सहमति गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति गरेको हो।

समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोर्खा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने सहमतिमा उल्लेख छ।

कार्यदलले उक्त सहमतिसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।