मुग्लिन–नारायणगढ सडक खण्डको पहिरोमा परि स्काभेटर चालकको ज्यान गयो

 #दुर्घटना     २०८१, १३ जेष्ठ आईतवार ११:३३     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए।

बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् । पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए ।

चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ । फोतो : फाइल