गृहमन्त्रीको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

 काँग्रेस     २०८१, ११ जेष्ठ शुक्रबार २०:१७     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

केही दिनपहिले सरकारका माननीय उपप्रधान तथा गृहमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर जुन ढंगले विषय वस्तु प्रस्तुत गर्नुभएको छ, जसरी सदनभित्र रहेका माननीयजीहरूलाई, खासगरी नेकालाई लान्छित गरेर उहाँले जुन प्रश्न उठाउनु भएको छ, यसमा हामीले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छौँ भनेका छौँ,’ बैठकमा सहभागी प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसबारे हामी जवाफ पनि चाहौँला । अब त्यो जवाफ कसले दिने हो हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।’

उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भएको धरपकडबारे पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए । फोटो : फाइल