अजी फाइनान्स एण्ड होम लोन अस्ट्रेलिया मा बस्ने नेपालीहरुमाझ एउटालोकप्रिय नाम र स्थापित ब्राण्ड हो । सिड्नीबाट सुरु भएको अजी फाइनान्सको अपार सफलता पछी अष्ट्रेलियाका बिभिन्न शहरहरुमा शाखा खोल्ने क्रममा मे १८ मा पर्थमा नयाँ शाखाको रुपमा भव्य उद्घाटन भएको हो ।
नेपाली समुदाय बिच एक परिचित ब्यबसायीक संस्था अजी फाइनान्स एण्ड होम लोन्सले सातौं शाखाको रुपमा १८ मे २०२४ देखि औपचारिक रुपमा संचालनमा ल्याएको हो।
यस समारोहको उद्घाटन संस्थाका प्रमुख कार्यकारी बिष्णु हमालले गरेका थिए भने समारोहको संचालन गोपाल वलीले गरेका थिए ।
समारोहमा एनआरएनए ग्लोबल आइसिसी सल्लाहकार तथा पर्थ सिनियर कम्युनिटी लिडर भैरव ढकाल, एनआरएनए अस्ट्रेलिया भाइस प्रेसिडेन्ट तथा एनआरएनए डब्लुए का संयोजक शेखर घिमिरे,एनएडब्लुए का अध्यक्ष चुडामणि लामिछाने,सामाजिक व्यक्तित्व,सिनियर कम्युनिटी लिडर व्यक्ति ओएसएनएम संयोजक दावा शेर्पा, एन आरएनए डब्लुएका निवर्तमान संयोजक कृष्णमान श्रेष्ठ ,एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिस पर्थ शाखाका प्रमुख दिपेन्द्र चौधरी,एनआरएनएका युवा संयोजक मनिष सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
समारोहमा बिष्णु हमाल र गोपाल वलि ले संस्था को परिचय दिंदै संस्था ले प्रदान गर्दै आएको सेवाहरु को बारेमा पनि उल्लेख गरेका थिए ।साथै यस उद्घाटन समारोहमा क्यानबेराका शाखा प्रमुख राज कुमार केसी ,पर्थ शाखा प्रमुख बिनोद केसी ,तास्मानियाका प्रमुख रेवन्त लगायतका ब्याक्तित्वहरुले अजी फाइनान्स एण्ड होम लोन्सको बारेमा आफ्नो केही धारणाहरु राख्दै पर्थमा शाखा स्थापना भएकोमा खुशी व्यत गर्दै संस्थाको सफलताको कामना व्यक्त गरेका थिए।
यस्तै पर्थमा हुन गइरहेको नेपाल फेस्टिभलमा अजी फाइनान्स एण्ड होम लोन्स प्रमुख प्रायोजक रहेको पर्थ शाखा प्रमुख बिनोद केसीले बताए।