केही सहकारी ठगलाई बचाउन सरकारले लोकतन्त्रको मूल्यमान्यता मिच्यो : कांग्रेस

 काँग्रेस     ७ जेष्ठ २०८१, सोमबार १४:५३     9 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीका बीच विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता मिचेको प्रतिक्रिया दिएको छ ।

संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले देशभरका सहकारीको ठगीबाट पीडित नागरिकलाई बेवास्ता गरेको र  केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको बैठकमा प्रतिपक्षीले समय माग्दा पनि बोल्न दिइएन । यसको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । लोकतन्त्र र संसदीय मूल्यमान्यता उलंघन नगर्न चेतावनी आजको बैठकले दिएको छ ।’

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले बलमिच्याइँ गरेको बताए । उनले विश्वासको मत लिने समय तीन हप्ता बाँकी रहे पनि बलमिच्याइँ गरिएको बताए ।  उनले भने, ‘नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना भएको छ । संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिने नाटक गरेको छ ।  पार्टी विषेशको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु सभामुखलाई शोभनीय हुँदैन ।’