सत्ताको मतियार बन्दै सभामुखले सदनको माइक ‘म्युट’ गरेर चलाए विश्वासको मतको प्रक्रिया

 #प्रतिनिधी सभा वैठक     ७ जेष्ठ २०८१, सोमबार १३:२०     24 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वेल घेराउसहितको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढेको छ । सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि सदनको माइक ‘म्युट’ गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ । तर, माइक म्युट गर्दा उसको नाराबाजी सुनिएको छैन । बैठकको सुरुआतमै अवरोध हुँदा अवरोधको विषयमा औपचारिक संवाद समेत नगरेका सभामुखले बोल्नका लागि समय दिएनन् ।

पहिलो बैठकमा वेल घेराउसहित नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुखले प्रतिपक्षसँग वार्ता नै नगरी दोस्रो बैठक बोलाएर सुरुमै प्रधानमन्त्रीलाई रोष्ट्रममा पठाएका थिए । मार्शल लगाएर प्रतिपक्षलाई एकतर्फ राखेर प्रधानमन्त्री रोष्ट्रममा उभिदै प्रतिपक्षलाई चेतावनी दिएका थिए । यो संगै सभामुखको भुमिकालाई लिएर कांग्रेसी नेताहरुले सभामुख सत्तापक्षको मतियार बनेको बताएका छन।