आज संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुंदै, कांग्रेसले अवरोध गर्ने नगर्ने संसदीय दलको वैठकले टुंगो लगाउने

 सरकार     २०८१, १ जेष्ठ मंगलवार ०७:५८     66 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्

सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ। यस्तै रास्ट्रपतिलाई नीति तथा कार्यक्रक पेश गर्न दिने नदिने बारे टुंगो लगाउन अहिले काग्रेस संसदिय दलको वैठ बसेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।