लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बन्यो पोडवे

 पोडवे     १७ बैशाख २०८१, सोमबार २२:१९     42 जनाले पढ़िसके



Spread the love

नेपाल लगानी सम्मेलन २०८१ हिजो सुरु भै आज सम्पन्न भएको छ। सम्मेलनमा नेपालमा हालै चर्चामा आएको पोडवे अर्थात तार प्रविधिमा संचालन हुने पोडवे संचालनका लागि शोकेस भएको थियो।

यो प्रविधी अन्तर्गत निर्माण लगानीका लागि पोखरा महानगर र मिनरल्स माइनिङ्ग इण्ड्स्ट्रीज प्रा.लि. ले लगानी भित्र्याउनका लागि स्टल राखेका थिए। जसमा पोखरा महानगरले यो प्रविधी अन्तर्गत पोखरामा अवस्थित फेवाताल,रुपाताल,वेगनास ताल लगायतका ७ वटा ताललाई जोडेर पोडवे संचालन गर्ने जसबाट पर्यटकिय आकर्षण बढाउने लक्ष्य लिएको थियो।

महानगरले निजि सार्वजनिक साझेदारी र निर्माण तथा संचालन अर्थात बुट मोडलमा लगानी गर्न सकिने विकल्पमा लगानी गर्न सकिने अवसरको सन्देशमुलक ब्रोसर बितरण गरिरहेको देख्न सकिन्थ्यो।

पोखरा महानगरको पोडवे बनाउने प्रस्तावपत्र

यस्तै मिनरल्स माइनिङ्ग इण्डस्ट्रीज प्रा.लि.ले भने खानी उत्खननका लागि पनि पोडवे उपयुक्त हुने भन्दै सो प्राली अन्तर्गत उत्खननका लागि लगानीकर्ताको आकर्षणका लागि आव्हान गरेको थियो।

सो सम्मेलनमा पोडवेले निकै लगानीकर्ताको ध्यानाकर्षण गरेको थियो साथै यस प्रविधिका लागि विदेशी भन्दा स्वदेशी लगानीकर्ताले धेरै चासो राखेको बताइएको छ। स्वदेशी लगानीकर्ताले कसरी आफू यी आयोजनामा लगानी गर्न सक्छौं भनी जिज्ञासा राखेका थिए।

यसरी भर्खरै भित्रिएको प्रविधी पोडवे सम्मेलनकै आकर्षण बढ्नु सकारात्मक रहेको छ। सरकारले पनि यसको अध्ययन र डिपिआर गर्ने तयारी गरिरहेको बेला निजि क्षेत्रको आकर्षणले यसको आवश्यकता र औचित्यको अझ धेरै पुष्टि गरेको पोडवे नेपालका प्रतिनिधिले बताए।