सुदूरपश्चिममा कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरे

 नागरिक उन्मुक्ति पार्टी     २ बैशाख २०८१, आईतवार १६:२७     21 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।

उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थन रहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल र निर्णय गर्ने बताइएको छ ।