कांग्रेसको मागबारे छलफल गर्न सभामुखले बोलाए ४ दलका शीर्ष नेताको बैठक

 सभामुख     २६ चैत्र २०८०, सोमबार १३:४४     30 जनाले पढ़िसके



Spread the love

काठमाडौं– सभामुख देवराज घिमिरेले चार राजनीतिक दलका शीर्ष नेतालाई कांग्रेसको मागबारे छलफलका लागि बोलाएका छन्।

समामुख घिमिरेले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई छलफलका लागि बोलाएका हुन्।

सरकारी ठगी प्रकरणमा नाम जोडिएपछि नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै संसदमा आवाज उठाइरहेको छ। कांग्रेसले मंगलबारसम्म पनि छानबिन समिति नबने संसदमा अवरोध गर्ने चेतावनीसमेत दिएको छ।