आज घोडे जात्रा, उपत्यका विदा

 चाडपर्व     २६ चैत्र २०८०, सोमबार ०९:३१     28 जनाले पढ़िसके



Spread the love

आज घोडे जात्रा पर्व मनाइँदैछ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडे जात्रा मनाइन्छ।

घोडे जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा बिदा दिइएको छ।

जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ।

उक्त समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्नेछ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ।