एमाले सहकारी विभागका सचिव नै सहकारीको रकम हिनामिनामा फरार

 सहकारी     २४ चैत्र २०८०, शनिबार ११:०४     44 जनाले पढ़िसके



Spread the love

८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् ।

सम्बद्ध स्रोतका अनुसार ‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका उप्रेती दुई महिनासम्म पनि फर्किएका छैनन् । अहिले यो सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए । तर, लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता भएपछि उनलाई उक्त जिम्मेवारीबाट पनि हटाइएको छ । उनी एमालेको गत अधिवेशनमा केन्द्रियसदस्यको उम्मेदवार समेत थिए।

उप्रेतीको नेतृत्वमा सहकारी संस्थामा समस्या आएकाले पार्टीको सचिवालयले उनलाई जिम्मेवारीबाट हटाएको नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिए ।

पार्टीले संरक्षण नगर्ने देखिएपछि उनी बेपत्ता भएका हुन्,’ पिडित बचतकर्ताहरु भन्छन, ‘केही व्यक्तिसँग सम्पर्कमा रहने र आउँछु, आउँछु भन्दै उतै बस्ने योजना हो ।’

सहकारी पीडित बचतकर्ताहरू पनि उप्रेतीसँग कुनै सम्पर्क नभएको बताउँछन् । उक्त सहकारीका पीडित बचतकर्ता उप्रेतीसँग कुनै सम्पर्क नभएको बताउँछन् ।

केही सहकारी सम्बद्द व्यक्तिसँग सम्पर्क राखेर उनी भारतमा लुकेर बसेको स्रोतले बतायो।

सहकारी व्यवस्थापकसँग कुरा गर्दा अध्यक्ष उप्रेती बिरामी भएर उपचार गराइरहेको र उहाँ फर्किपछि बचत फिर्ता हुने भन्दै आश्वासन मात्रै दिने गरेको बताउँछन् ।