प्रमुख दलका तीन शीर्ष नेताहरुका बीचमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने दबाबका कारण प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच छलफल गरिराखेका छन्।