काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा अधिवेशन अघि नै पदाधिकारीको नाम घोषणा गरिदिएका छन्। ओलीको जबरजस्तीपछि उनकै टिम दुई धारमा विभाजित बनेको छ।
११ औं जिल्ला सम्मेलन उद्घाटनमा गत बुधबार झापा आएका ओलीले सोही दिन यस्तो निर्देशन दिएका हुन्। ओलीले कमिटिमा आफ्नो नामै नलिएपछि ढुङ्गेलले गिरीलाई चुनौती दिइरहेका छन्।
बिहीबार सम्मेलन उद्घाटनका क्रममा अध्यक्ष ओलीले आफूले भनेको नमान्नेलाई ‘भीम रावलको हालतमा पुर्याइदिने’ धम्की दिएपछि झापा एमालेमा खैलाबैला मच्चिएको छ। ओलीले भनेका थिए, “महाधिवेशनमा सहमतिका नाममा दुई दिनसम्म प्रयास गरियो तर एक जनाले नमानेपछि निर्वाचन भयो, अहिले तिनको अवस्था के छ सबैलाई थाहै छ।”
कोशीकै उदयपुरमा अध्यक्ष ओली गुटका उम्मेद्वार परमेश्वर घिमिरेलाई विद्रोही उम्मेद्वार भागवत राउतले हराइदिएपछि ओली पक्ष झापामा चुनावै नगराउने पक्षमा लागेको हो।