सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ।
जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो।
बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले म्याद थप्न अदालत उपस्थित नगराइ हाजिर जमानीमा छाडेको हो।
हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। फोटो : फाइल