कांग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ : रघुजी पन्त

 एमाले     ७ चैत्र २०८०, बुधबार १९:१६     17 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन ।

बुधबार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सांसद रघुजी पन्तले यस्तो बताएका हुन ।

सांसद पन्तले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रस्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताए । उनले दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनै पनि प्रतिपक्षले बनाउनु नहुने बताए ।

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताए ।