काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाएका छन ।
बुधबार संसद भवन परिसरमा कुरा गर्दै सांसद महतले नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा कांग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका हुन ।
सांसद महतले कांग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए । उनले कांग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए । उनले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताए । उनले राजीनामा नै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताए ।
सांसद महतले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताए । फोटो : फाइल