माझीको शव दुईदिनदेखि प्रादेशिक अस्पताल मलंगवामा, प्रहरीले ४ दिनदेखी लिन मानेन जाहेरी

 #अपराध #दुर्घटना मधेश प्रदेश     ७ चैत्र २०८०, बुधबार १०:२५     86 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बसबरिया गांउपालिका-३ मा आइतबार भएको ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारले शव बुझेका छैनन। प्रदेश २-०२-००१ त ०४३५ नम्बरका ट्र्याक्टर धनी बसबरिया गांउपालिका -३ का अन्दाजी ५० वर्षीय संजिव कुमार यादवले आफ्ना मान्छेलाई जबर्जस्ती काममा लगेका कारण दुर्घटना भएको भन्दै चालक दिपेन्द्र माझी(पुजेरी) का आफन्तले प्रहरीमा जाहेरी दिन जांदा प्रहरीले जाहेरी लिन नमानेपछि आफुहरुले न्याय नपाए सम्म शव नबुझ्ने बताएका छन।

आइतबार साँझ करिब ७ बजे खेतमा काम गरेर फर्किंदा बसबरिया गांउपालिका -३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिंदा चालक करिब २५ वर्षका चालक माझीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको थियो। ट्रयाकटर धनी यादवसमेत सवार उक्त दुर्घटनामा उनी सकुशल रहेका छन।

विपन्न परिवारका माझीको ज्यान गएपछी परिवारको भरणपोषणको आधार स्तम्भ नै ढलेको भन्दै पिडित परिवारले ट्र्याक्टरधनी यादव विरुद्द इलाका प्रहरी कारयालयमा जाहेरी दिन गएपनी प्रहरीले जाहेरी लिन नमानेपछि आफुहरुले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन।

सोही अडानका कारण दुईदिनदेखी मृतक माझीको शव प्रादेशिक अस्पताल मलंगवामा रहेको र पोस्टमार्टममा पनि आफुहरु नगएको मृतक माझीकी श्रीमती ललितादेवी माझीले बताइन।

आफ्ना श्रीमान घरमा बसिरहेका बेला ट्र्याक्टर धनी यादवले जबरजस्ती आफ्ना श्रीमानलाई ट्रयाक्टर चलाउन लगेको मृतककी श्रीमती ललितादेवी माझीको दाबी छ।

प्रहरीले लिन नमानेको जाहेरी

प्रहरीले लिन नमानेको जाहेरी