रुसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

 #अन्तरास्ट्रिय     २ चैत्र २०८०, शुक्रबार १७:५८     18 जनाले पढ़िसके



Spread the love

मस्को- रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ।  रुसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोट लगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजेदेखि मतदान सुरु भएको छ।

शीर्ष पदका लागि चार उम्मेदवारहरू लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रूसी कम्युनिस्ट पार्टीका निकोलाई खारितोनोभ, न्यू पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति तथा स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन प्रतिस्पर्धा गर्नेछन्।

रूसले मार्च १५ देखि १७ सम्म स्थानीय समय अनुसार बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म मतदान गर्ने व्यवस्था सहित ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ। रूसको विशाल क्षेत्रमध्ये, सुदूर पूर्वी क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान सुरु गर्ने पहिलो क्षेत्रहरू हुन्। रुसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादमा मतदान केन्द्रहरू मतदानका लागि अन्तिम हुने स्रोतले बताएको छ।