नेपाली कांग्रेसद्वारा संसदको वेल घेराउ

 #प्रतिनिधी सभा वैठक     २ चैत्र २०८०, शुक्रबार १६:१९     24 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ ।  शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे  जस्ता नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।