काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेकाले राजीनामा माग गरेका हुन् ।
नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने उनले बताए । ‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ सांसद पौडेलले भने, ‘सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?’
उनले प्रधानमन्त्री प्रचण्डलाई पनि प्रश्नै प्रश्नले घेरिएका प्रधानमन्त्रीले कांग्रेसको प्रश्नको उत्तर दिन पनि डबल स्ट्यान्डर्ड देखाएको भन्दै आलोचना गरे।