माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

 #माओवादी     २ चैत्र २०८०, शुक्रबार ०९:२२     22 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुनेछ।