काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी पनि नयाँ गठबन्धन सरकारमा जाने भएको छ ।
बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ ।
मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए ।
उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो ।