माधव नेपाल फकाउन प्रचण्ड कोटेश्वरमा

 #नेकपा एकीकृत समाजवादी प्रधानमन्त्री     २१ फाल्गुन २०८०, सोमबार २०:१३     25 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर गएका छन् ।

प्रचण्ड अध्यक्ष नेपाललाई नयाँ गठबन्धनमा सामेल गर्ने योजना अनुसार कोटेश्वरतर्फ लागेका बताइएको छ।

मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् ।

प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउने  चाहना अनुरुप गठबन्धनको बैठक छोडेर माधव नेपाल भेट्न गएको बुझिएको छ। । यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल नयाँ समीकरण बन्दा आफूहरूले थाहा नपाएको भन्दै  निराश भएको बुझिएको छ। एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने बाध्यता प्रचण्डलाई रहेको भएपनी समाजवादी पर्ख र हेरको स्थितिमा रहेको छ।