नयाँ गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) पर्ख र हेरको अवस्थामा पुगेको छ।
सोमबार बसेको सचिवालय बैठकले नयाँ गठबन्धनबारे कुनै निर्णय लिन सकेन।
‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन। तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ,’ पार्टी महासचिव घनश्याम भूसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।