प्रधानमन्त्री प्रचण्डले कोल्टे फेर्नुभयो, हाम्रो कुनै गुनासो छैन : धनराज गुरुङ

 काँग्रेस     २१ फाल्गुन २०८०, सोमबार १७:०३     23 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक स्थिरताका लागि कांग्रेसले नेकपा मा‌‌ओवादी केन्द्रसँग गठबन्धन गर्नुलाई राजनीतिक बाध्यता भनेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा करिब ११ महिना लामो सहकार्य सोमबार टुंगिएसँगै उनले यस्तो बताएका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गुरुङले प्रचण्डले नेकपा एमालेसँग मिल्ने निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको पनि बताए।

प्रचण्डले एमालेसँग सहकार्य गर्ने निर्णयपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार बिहान बूढानीलकण्ठमा बसेर केही बेर समीक्षा गरेको उनले जानकारी दिए।

‘बूढानीलकण्ठमा एकछिन बैठक गरेर मन्त्री क्वार्टरतिर आइसक्यौँ’, उनले भने, ‘त्यहाँ खासै गम्भीर कुरा भएन। ब्रिफिङ पनि खासै भएन’, उनले भने, ‘प्रधानमन्त्रीले कोल्टो फेर्नु भयो। कोल्टे फेरेको कारण के हुन सक्छ र ? नेपालको राजनीति हामीले बुझेकै छौँ।’ फोटो : फाइल