रविकै नेतृत्वमा सरकारमा जाने रास्वपा

 रास्ट्रीय स्वतन्त्र पार्टी     २१ फाल्गुन २०८०, सोमबार १०:५३     25 जनाले पढ़िसके



Spread the love

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ बन्ने सरकारमा सहभागी हुनेभएको छ ।

सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी रहेको बताइएको छ ।

सत्ता गठबन्धन भत्किएसँगै रास्वपासहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच नयाँ सरकार बन्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी गरेका छन ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षामान पुन मन्त्री बन्ने बताइएको छ ।