एमसिसी उपाध्यक्ष ब्रुक्स मध्यराती काठमाडौं ओर्लिए

 एमसिसि     १९ फाल्गुन २०८०, शनिबार ०६:१२     22 जनाले पढ़िसके



Spread the love

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का भाइस प्रेसिडेन्ट जोनाथन अल्बर्ट ब्रुक्स काठमाडौं आइपुगेका छन् ।

उनी क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६०३ मा राति साढे ११ बजे हङकङ हुँदै आएको बुझिएको छ ।

पासपोर्ट नम्बर एक्स ०००१५५७ वाहक ब्रुक्स नेपालमा कार्यान्वयनमा रहेको एमसिसी परियोजनाको प्रगति विवरणबारे जानकारी लिन आएका हुन् ।

उनले काममा भइरहेको ढिलाइबारे एमसिए नेपालसँग छलफल गर्ने छन् । त्यसैगरी  सरकारी अधिकारीहरुसँग पनि उनको भेटघाट कार्यक्रम तय भएको छ ।