प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच भेटवार्ता

 #नेकपा एकीकृत समाजवादी     १९ फाल्गुन २०८०, शनिबार १२:५४     22 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सत्ता गठबन्धनका विषयमा अनेक हल्लाका विच शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् ।

बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग चासो राखेको बताइएको छ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिएका थिए । फोटो:फाइल