एमाले लगायत तीन दलद्वारा संसदमा नाराबाजी, मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

 #प्रतिनिधी सभा वैठक     १८ फाल्गुन २०८०, शुक्रबार १२:२९     19 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेसहित राप्रपा र रास्वपाले प्रतिनिधि सभाको बैठक नाराबाजी गरेको छ ।

विवादित मन्त्रीहरूलाई कारबाही गर्न माग गर्दै तीन दलले बैठक अवरोध गरेको हो ।

उनीहरुले मन्त्री र प्रधानमन्त्री ले जवाफ दिनुपर्ने बताएका छन् ।

तीन दलका सांसदहरूले बैठकको शुरुआतदेखि नै नाराबाजी गरेका थिए ।

राप्रपासँगै रास्वपाले पनि विरोध गरेको छ । दुग्ध पीडित किसान र बैक तथा वित्तीय समस्या ध्यानाकर्षण गराएको छ ।

रुस सेनामा भर्ती भएका नेपालीहरूको विषयमा पनि सरकार आँखा भएर पनि नदेख्ने कान भएर पनि नसुन्ने भएर बसेको अध्यक्ष राजेन्द्र लिङदेनले आरोप लगाए  ।

सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालन गर्न दिन आग्रह गरेपछि बैठक संचालन भइरहेको छ ।

यस अघि नै बैठकमा उपस्थित भई जवाफ दिन सरकारलाई जानकारी गराइ सकेको उनले बताए ।

फागुन २१ गतेको बैठकमा उपस्थित हुन सभामुखले सरकारलाई निर्देशन दिए ।