सर्लाही कांग्रेस सभापती सुरेन्द्र प्रसाद सिंहका बारेमा भ्रम फैलाइयो : निकेश त्रिपाठी

 मधेश प्रदेश     १६ फाल्गुन २०८०, बुधबार १४:१०     36 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहका बारे भ्रम फैलाइएको भन्दै निकेश त्रिपाठीले सो कुराको खण्डन गरेका छन ।

२०५८ सालमा माओवादी द्वन्द्व को बेला मनुष्मारा सिंचाइ आयोजना बसबरिया को नहरको डिलमा रोपिएको सिसौ को रुखहरु गाउँ गाउँ चोरी हुन थालेको कुरा लाई लिएर राजनीतिक रिसिबी ले मनुष्मारा सिचाइ जल उपभोक्ता समितिको तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद सिंह माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा मुद्दा दर्ता भएपछि अख्तियार ले बिशेष अदालत मा मुद्दा दायर गरेपछि विशेष अदालत ले ९ महिना कैद र एक करोड तेईस लाख जरिवाना फैसला गरेको मा सुरेन्द्र प्रसाद सिंहले सर्बोच्च अदालत मा पुनराबेदन गरेकोमा मिति २०८०/११/१५ गते न्यायाधीशद्वय  कुमार रेग्मी र महेश शर्मा पौडेल को संयुक्त इजलास ले सुरेन्द्र प्रसाद सिंहको पक्षमा बिशेष अदालत को फैसला लाइ सर्बोच्च अदालत ले उल्ट्याईदिएको थियो ।

तर केहि संचार माध्यम ले सो तथ्यलाई तोड्मोड गरी अपवाह फैलाउने कार्य गरिरहेको भन्दै नेपाली कांग्रेस मधेश प्रदेश सुचना तथा संचार विभाग सचिव निकेश त्रिपाठीले  दुख व्यक्त गरेका छन।

नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले सर्लाहीमा नेपाली कांग्रेसको संगठन तथा सर्लाहीबासीका लागि खेलीरहेको सराहनीय भुमिका देखेर हतोत्साहित भएका केहि बिचौलिया, दलालहरुको कुरालाई आधार बनाएर समाचार नबनाई यथार्थ कुरा पाठक माझ पस्किदा पत्रकारीताको गरिमा झन बढने थियो भन्दै  उनले भने म फेरि पनि यहाँहरु लाई अनुरोध गर्दछु सत्य र बास्तबिक समाचार सम्प्रेषण गर्नुहोस सस्तो लोकप्रियताका लागि जनतालाई भ्रमित हुने खालका गलत समाचार सम्प्रेषण नगरौं ।