आज पनि माओवादी स्थायी समिति बैठक, राष्ट्रियसभा अध्यक्षबारे ठोस निर्णय आउने

 #माओवादी     १६ फाल्गुन २०८०, बुधबार ०८:५६     17 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो । प्रवक्ता सापकोटाले विशेषगरी राष्ट्रियसभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशको सुझाव आएको बताए ।