एटीएममा चोरी देखि अबैध रुपमा हस्पिटल संचालन गर्दै – रामउदेश महतो

 मधेश प्रदेश     १५ फाल्गुन २०८०, मंगलवार १८:५१     148 जनाले पढ़िसके



Spread the love

सर्लाही,

स्टार सिटी हेल्थकेयर प्रा.लि बरहथवा नपा-३ पथलैया चोकले कुनै पनि निकायमा दर्ता नगरी गैह्रकानुनी रुपमा अस्पताल चलाइरहेको छ। यसका संचालक राम उदेश महतो रहेका छन। उनी बरहथवा नपा – ३ निवासी हुन। उनी कुनै समय एटीएम बाट पैसा चोरी गर्ने काण्ड गरेर प्रहरीद्दारा पक्राउ भइ तारेखमा छुटेको खुलेको छ। उनको यो अवैध संस्था संचालनको मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अनुगमन गरि विभिन्न मितिमा पत्राचार गरि उपस्थित हुन ताकेता गरेपनी यसका संचालकले अटेर गर्दै आइरहेको मधेस स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले बताए।

उनलाई मधेस स्वास्थ्य मन्त्रालयले २०८०/९/७ र १३ मा पत्र पठाई संस्थाको आधिकारिक दर्ताको प्रमाणपत्र लिई संचालक वा निजको अख्तियार प्राप्त व्यक्ती उपस्थित हुन गरेको पत्राचारको अटेर मात्र गरेनन यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला स्वास्थ्य कार्यालाय सर्लाही साथै इलाका प्रहरी कार्यालय बरहथवालाई समेत बुझाइएको मन्त्रालयका ती अधिकारीले बताए। यस्तो अवैधरुपमा जनस्वास्थ्य जस्तो संवेदनशील संस्था संचालन हुंदा त्यहाँको स्थानीय निकाय बरहथवा नगरपालिका किन मौन छ ? यसरी कुनै पनि निकायमा दर्ता नभई खुलेआम अनधिकृत रुपमा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील कुरामा खेलवाड भैरहेको छ। यस कुरालाई कानुनी दायरामा ल्याई व्यवस्थित नगरे यस्ता अवैध अस्पतालले भोली कुनै नागरिकको ज्यान जोखिममा पारे को जिम्मेवार ?