निर्वाचन आयोगले तोक्यो बैशाख १५ मा उपनिर्वाचन

 निर्वाचन आयोग     १३ फाल्गुन २०८०, आईतवार १४:३२     24 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोगले आज सुबासचन्द्र नेम्वाङको क्षेत्र इलाम क्षेत्र नं २ र  सुदुरपस्चिम प्रदेश सभाका सदस्य पृथ्वी बहादुर सिंहको क्षेत्र बझाङ क्षेत्र नं १ को १ नं का लागि बैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। हेर्नुहोस आयोगको विज्ञप्ति

निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य श्री पृथ्वी बहादुर सिंहको निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो।
यसरी कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको हो। यस उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ।

डा. थानेश्वर भुसाल
उपसचिव एवम् सहायक प्रवक्ता