चार निर्णय गर्दै समाजवादी माेर्चाकाे बैठक सम्पन्न

 संवाददाता    १२ फाल्गुन २०८०, शनिबार १२:४५     23 जनाले पढ़िसके



Spread the love

नेकपा महासचिव विप्लवकाे अध्यक्षतामा बसेकाे बैठकले समाजवादी माेर्चाका नाराहरूकाे भित्ते लेखन गर्ने, नेकपा मशालसहित वामपन्थीहरूलाई समाजवादी माेर्चाकाे विस्तारका लागि पत्रचार गर्ने, मिटर ब्याज पीडितहरूकाे समस्या समाधान गर्न सरकारलाई अनुराेध गर्ने, काठमाडौंसहित प्रदेश सदरमुकाममा अन्तरक्रिया गर्ने र समाजवादी माेर्चाकाे मुखपत्र प्रकाशन गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शिर्ष नेताहरूकाे सहभागिता रहेकाे नेकपा केन्द्रीय सदस्य तथा कार्यालय सचिव अडिग सीले बताए । बैठकमा नेकपाकाे तर्फबाट महासचिव विप्लवसहित स्थायी समिति सदस्य विषम र शिलुकाे उपस्थिति रहेकाे थियाे ।
माेर्चाकाे फागुन ६ गते बसेकाे बैठकले विप्लवलाई समाजवादी माेर्चाकाे संयाेजक बनाउने निर्णय गरेकाे थियाे ।