निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव सर्वसम्मत

 काँग्रेस     १० फाल्गुन २०८०, बिहीबार २१:०३     22 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गर्न गरेको आग्रह महासमिति सदस्यहरूले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेका हुन् ।यससँगै महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने छैन । यसबाट अब कांग्रेस मतदाताले रुख चिन्हमै छाप लगाउन पाउने भएका छन् ।

यसअघिको गठबन्धनका कारण कांग्रेसी नेता कार्यकर्ता र मतदाताले अन्य दलका चुनाव चिन्हमा मतदान गर्न विवश भएका थिए ।