रास्वपा राजावादी होइन्, राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन सक्दैनन्ः उपसभापति वाग्ले

 रास्ट्रीय स्वतन्त्र पार्टी     २० माघ २०८०, शनिबार २०:१९     27 जनाले पढ़िसके



Spread the love

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा राखेका छन्। रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे।

पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लले बताए। उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ। त्यसमा हामी सचेत छौँ।”

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहनुभएका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने बताए। पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे।

उनले भने, “तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ। आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो।” डा वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै भने, “हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ। पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ।” फोटो : फाइल