पार्टीभन्दा माथि देशलाई राख्नुपर्छ : सिटौला

 काँग्रेस     २०८०, १३ माघ शनिबार १६:४७     101 जनाले पढ़िसके



Spread the love

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला झापामा शनिबार आयोजित सार्वजनिक कार्यक्रममा सिटौलाले दलभन्दा मुलुकलाई माथि राख्नुपर्ने बताए ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको कांग्रेसले जनताका पक्षमा काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो । ‘हामीले राष्ट्रको हितमा काम गर्नु छ’, सिटौलाले भने, ‘हामीले हाम्रा लागि होइन राष्ट्र र जनताका लागि काम गर्नुपर्छ ।’ फोटो : फाइल