रूसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु

 #अन्तरास्ट्रिय     २ माघ २०८०, मंगलवार १४:५०     28 जनाले पढ़िसके



Spread the love

रूसी सेनामा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ।

लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको पालिकाका सूचना अधिकारी रमण बरालले जानकारी दिए।

उनका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो।

केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेको सूचना अधिकारी बरालले बताए। यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन। फोटो : फाइल