काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी आउने

 संवाददाता    १ माघ २०८०, सोमबार ०७:३९     27 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ ।

वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन।

प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सोमबार पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । फोटो : फाइल